महान्यायाधिवक्ता पोखरेलद्वारा राजीनामा
काठमाडाैं | साउन १, २०८१
काठमाडौं: महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा। पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो ।
महान्यायाधिवक्ता डा. पोखरेलले प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएपछि पदबाट राजीनामा दिनुभएको हो ।
महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि उहाँले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

